महुली लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी १४.६२ रुपैयाँ

विहीबार, २५ बैशाख २०८२, ११ : ४०

काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वार्षिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म संस्थाले ४ करोड ५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ लाख २२ हजार रुपैयाँ नाफाको तुलनामा २५.६२ प्रतिशतले बढी हो ।

यस अवधिमा संस्थाको सञ्चालन मुनाफा २५.६३ प्रतिशतले बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष समीक्षा अवधिमा संस्थाको मुनाफा ४ करोड ६१ लाख रुपैयाँ थियो।

समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २५ करोड ८२ लाख रुपैयाँ रहेको छ। त्यस्तै वितरणयोग्य मुनाफा ४ करोड ५३ लाख रुपैयाँ रहेको छ। लाभांश क्षमता १६.३५ प्रतिशत रहेको छ।

संस्थाको खराब कर्जा अनुपात ४.९६ प्रतिशत कायम भएको छ। चुक्तापुँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ४ करोड ५३ लाख रुपैयाँ र रिजर्भमा ३० करोड ४२ लाख रुपैयाँ छ। हाल संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १४.६२ रुपैयाँ कायम भएको छ। 

विहीबार, २५ बैशाख २०८२, ११ : ४०

प्रतिक्रिया