अभियान लघुवित्त नाफामा फर्कियो, खराब कर्जा ७ प्रतिशत नजिक

विहीबार, २५ बैशाख २०८२, १२ : १५

काठमाडौं— अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्ष यही अवधिमा २ करोड २३ लाख रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (EPS) पनि ऋणात्मक १७ रुपैयाँ ८७ पैसाबाट उकालो लागेर १२ रुपैयाँ पुगेको छ। प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ३० पैसा रहेको छ। समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ८ करोड रुपैयाँबाट बढेर १४ करोड ३६ लाख रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी पनि ५ करोड ८६ लाख रुपैयाँबाट ११ करोड नाघेको छ।

चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा करिब १० करोड रुपैयाँ भएपनि जगेडा कोषमा करिब ६ करोड रुपैयाँ ऋणात्मक रहेको छ। कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने ३२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

खराब कर्जा अनुपात ४.९२ प्रतिशतबाट बढेर ६.८४ प्रतिशत पुगेको छ भने वितरणयोग्य नाफा अझै पनि ५ करोड ९१ लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ।

विहीबार, २५ बैशाख २०८२, १२ : १५

प्रतिक्रिया