काठमाडौं- कोरियाली कार उत्पादन कम्पनी हुन्डाई मोटरले नयाँ इलेक्ट्रीक मोडल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ इलेक्ट्रीक मोडलको नाम ‘एलेक्सियो’ राखिएको छ ।
चिनियाँ कम्पनी बेइजिङ अटोमोटिभ ग्रुभ कम्पनी (बीएआईसी) सँगको साझेदारीमा रहेको बेइजिङ हुन्डाईले आफ्नो पहिलो डेडिकेटेड प्योर इलेकट्रीक प्लेटफर्म प्रयोग गरेर एलेक्सियो उत्पादन गरेको हो ।
कम्पनीले ५ वर्ष लगाएर विकास गरेको एलेक्सियोलाई हुन्डाई चाइनाले न्यू क्वालिटी फोर्स भेहिकलको रूपमा पोजिसन गरेको छ । यो ईभीमा मोर्डन एस्थेटिक, एड्भान्स टेक्नोलोजी र हाइ क्वालिटी सामानहरूको प्रयोग गरिएको छ । यसको बिक्री सन् २०२५ को तेस्रो क्वाटरबाट हुने बताइएको छ ।
हुन्डाई एलेक्सियोमा इलेक्ट्रीक भेहिलकलाई प्रतिनिधित्व गर्ने फरक प्रकारको एक्सटेरियर डिजाइन छ । फ्रन्टमा क्रिष्टल डिजाइनको डे टाइम रनिङ लाइट र कनेक्टेड लाइट स्ट्रीप छ । फ्रन्टमा दिइएको इलुमिनेटेड लोगो निकै आकर्षक देखिन्छ । फ्रन्ट बम्परमा दिइएको टु टोन डिजाइनले एसयूभीलाई बोल्ड र प्रिमियम बनाएको छ ।
एलेक्सियो एसयूभीको साइड प्रोफाइलमा लाइन लेयर्ड, बाहिर उठेको ह्वील आर्कले मस्कुलर देखाएको छ । त्यस्तै, पछाडि पनि फ्रन्टको जस्तै कनेक्टेड लाइट स्ट्रीप छ ।
इन्टेलिजेन्ट ड्राइभिङ सिस्टमको लागि यो एसयूभीमा लेबल २ प्लस एडास फिचर छ । बेइजिङ हुन्डाईले सन् २०२५ सम्ममा अटोमेटिक असिस्टेड ड्राइभिङ र मेमोरि पार्किङ तथा सन् २०२६ अर्वान असिस्ट ड्राइभिङ फङ्सन अपग्रेड गर्ने योजना बनाएको छ । हुन्डाईले यी फिचरको लागि एलेक्सियोमा हुवावेको हार्मोनियस इन्टेलिजेन्ट मोबिलिटी शोलुसन प्रयोग गर्नेछ ।
एलेक्सियो हुन्डाईको इलेक्ट्रीक ग्लोबल मोडुलर प्लेटफर्म ई जीएमपीमा बनेको हो ।
प्रतिक्रिया