काठमाडौं— छिमेक लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा उल्लेखनीय रूपमा वृद्धि भएको छ। कम्पनीले यस अवधिमा ८५ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६४ करोड ३७ लाख रुपैयाँ नाफाभन्दा ३२.५९ प्रतिशतले बढी हो।
नाफा वृद्धिको मुख्य कारण कम्पनीको खराब कर्जा अनुपातमा आएको गिरावट र इम्पेयरमेन्ट चार्जमा भएको कमीलाई मानिएको छ। अघिल्लो वर्ष ३.०४ प्रतिशत रहेको खराब कर्जा घटेर हाल २.६० प्रतिशतमा झरेको छ। यसले लघुवित्तको समग्र वित्तीय स्थिति सुदृढ देखाएको छ।
कम्पनीको कर्जा लगानी पनि ११.२० प्रतिशतले वृद्धि भई ३९ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। छिमेकको हालको चुक्ता पुँजी ३ अर्ब २१ करोड रुपैयाँ छ भने रिजर्भ कोषमा २ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ।
खुद नाफामा सुधारसँगै प्रतिसेयर आम्दानी (EPS) पनि बढेको छ। गत वर्ष २८.८३ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी अहिले ३५.३९ रुपैयाँ पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ २४७.१४ रुपैयाँ रहेको छ।
प्रतिक्रिया