काठमाडौं- होन्डा इन्डियाले ‘ई क्लच’ प्रविधिसहित सीबी ६५० आर र सीबीआर ६५० आर मोटरसाइकल भारतीय बजारमा सार्वजनिक गरेको छ। यी मोटरसाइकलमा अब क्लच नथिची गियर परिवर्तन गर्न सकिन्छ।
नयाँ इ क्लच टेक्नोलोजीले मोटरसाइकल स्टार्ट गर्दा, रोक्दा वा गियर फेर्दा क्लच थिच्नुपर्ने झन्झट हटाएको छ। यो प्रविधि इलेक्ट्रोनिक कन्ट्रोल युनिट, सेन्सर र एक्चुएटरमार्फत काम गर्छ।
दुबै मोटरसाइकलमा ६४९ सीसी इनलाइन ४ सिलिन्डर इन्जिन, ९४ एचपी पावर, ६ स्पीड गियरबक्स, ब्लुटुथसहितको ५ इन्च टीएफटी डिस्प्ले, एलइडी लाइट, एबीएस र एड्जस्टेबल सस्पेन्सन जस्ता विशेषता छन्।
ई क्लच टेक्नोलोजी मोटरसाइकल चलाउने अनुभवलाई झनै सहज, स्मार्ट र कम मर्मतसम्भारयुक्त बनाउने उद्देश्यले ल्याइएको हो।
प्रतिक्रिया