सगरमाथा जलविद्युतको नाफामा गिरावट, विद्युत बिक्रीबाट गर्‍यो १७ करोड ८९ लाख आम्दानी

आइतबार, २८ बैशाख २०८२, १६ : ३१

काठमाडौं— सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ३ करोड १५ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.१३ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीले ५ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि घटेको छ। अघिल्लो वर्षको १९ करोड ८९ लाख रुपैयाँ आम्दानी घटेर यो वर्ष १७ करोड ८९ लाखमा सीमित भएको छ। आम्दानीमा आएको गिरावट नै नाफा घट्ने मुख्य कारण हो। तर, कम्पनीको वित्तीय खर्च भने ८ करोड ६ लाख रुपैयाँबाट घटेर ७ करोड ९ लाख रुपैयाँमा झरेको छ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निङ्स ८ करोड ५१ लाख रुपैयाँ रहेको छ। हाल कम्पनीको प्रति सेयर आम्दानी (EPS) ३.७० रुपैयाँ र प्रति सेयर नेटवर्थ १०७.२६ रुपैयाँ पुगेको छ।

आइतबार, २८ बैशाख २०८२, १६ : ३१

प्रतिक्रिया