काठमाडौं- काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ मा आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रूपमा आयोजना गरिएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सह आयोजनामा सुरु भएको मेलाको वैशाख २५ गतेबाट मेला सुरु भएको थियो ।
मेलामा नेपाल, चीन र बंगलादेशका गरी १२० बढी स्टल सहभागी रहेका छन् । मेलाका अवसरमा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल भएको थियो ।
मेलामा उल्लेख्य दर्शकहरूको सहभागिता रहेको र मेलाले नेपाली उद्योगी व्यवसायीहरूलाई उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा मेला सहयोगी देखिएको प्रतिक्रिया महासंघको मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिए ।
प्रतिक्रिया