काठमाडौं– अर्थतन्त्र चलायमान नहुँदा त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा देखा पर्न थालेको छ । अहिले एनआईसी एसिया बैंक त्यसको मारमा परेर संकटग्रस्त बनेको बैंकको वित्तीय परिसूचकले देखाएको छ ।
बैंकको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९१.८१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष १ अर्ब ९१ करोड नाफा कमाएको बैंक यस वर्ष तेस्तै अवधिमा मात्र १५ करोड ६७ लाख नाफामै सीमित भएको छ ।
बैंक संकटमा परेसँगै बचतकर्ताहरुले निक्षेप समेत फिर्ता लिन थालेका छन् । एनआईसी एशिया बैंकमा बचत गरेका धेरै ग्राहकहरूले पैसा फिर्ता लिन थालेका हुन्। विभिन्न शाखाहरूमा दैनिकजसो रकम फिर्ता माग्नेको भीड देखिन्छ । बैंककका कर्मचारी स्वयंमले आफ्ना आफन्तहरूलाई त्यहाँ राखेको पैसा फिर्ता लिन सुझाव दिएकाको बैंक स्रोतले जनाएको छ ।
बैंकले विभिन्न मिडियामार्फत आर्थिक संकट नरहेको देखाउन खोजे पनि बैंकको कारोबार परिसूचकहरुले त्यहाँको संकट सार्वजनिक भइरहेको छ । बैंकको आन्तरिक लेखा परीक्षण अनुसार, वितरणयोग्य मुनाफा ऋणात्मक ३ अर्ब ५६ करोड पुगेको छ । यसले लाभांश वितरण नै असम्भव बनाएको छ।
यो पनि पढ्नुस्
एनआईसी एसिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल जग्गा किर्ते कार्यमा संलग्न !
बैंकको नेट इन्ट्रेस्ट आम्दानी ८ अर्ब १८ करोडबाट घटेर ७ अर्ब ९६ करोडमा झरेको छ भने सेवा शुल्क आम्दानी ४०.६६ प्रतिशतले घटेको छ । यो गिरावट बैंकको मूल व्यवसायमा नै समस्या उत्पन्न भएको देखिन्छ ।
चैतसम्ममा बैंकले २३३ अर्ब ४३ करोड ऋण मात्र प्रवाह गर्न सकेको छ । जुन अघिल्लो वर्षको तुलनामा १३।९४ प्रतिशतले कम हो । यसले संकेत गर्दछ कि बजारमा ऋणको माग घटेको छैन तर बैंक आफैं दबाबमा परेकाले नयाँ लगानी गर्न सक्ने स्थिति छैन ।
एनआईसी एशिया बैंकले तत्कालै जोखिम व्यवस्थापनमा ध्यान नदिने हो भने झनै वित्तीय संकट झन् गहिरिँदै जाने निश्चित छ । अहिले बैंकले संकट लुकाउन अनेकौं प्रपञ्च गरे पनि बैंकका वित्तीय परिसूचकहरुले संकटग्रस्त रहेको देखाउँछ ।
यो पनि पढ्नुस्
आर्थिक संकट निम्तिएपछि राजीनामाको तयारीमा एनआईसी एसियाका सिईओ न्यौपाने
प्रतिक्रिया