काठमाडौं- चीनले अन्तरिक्षमा सुपर कम्म्युटर निर्माण गर्नका लागि उपग्रहहरु प्रक्षेपण गरेको छ । चीनले आफ्नो स्पेस कम्प्युटिङ को तारामण्डल नै निर्माण गर्नको लागि पहिलो चरणका उपग्रहहरु प्रक्षेपण गरेको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ । स्पेस कम्प्युटिङ को तारामण्डल पूर्णरुपमा सञ्चालनमा आएपछि पृथ्वीमा रहेका सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरहरुलाई चुनौती दिन सक्ने प्रणाली बन्नेछ ।
बुधबार दिउँसो जिउक्वान स्याटेलाइट लञ्च सेन्टरबाट लङ मार्च २डी रकेटमार्फत १२ वटा उपग्रहहरु कक्षमा पठाइएको छ । ती सबै उपग्रहहरुमा बौद्धिक कम्प्युटिङ प्रणाली र अन्तरउपग्रह सञ्चार उपकरणहरु जडित रहेको सरकारी स्वामित्वको ग्वाङमिङ डेलीले उल्लेख गरेको छ । यी उपग्रहहरु झेजियाङ ल्याबले विकास गरिरहेको अन्तरिक्षमा आधारित पूर्वाधार थ्री बडी कम्प्युटिङ कन्स्टिलेसन को हिस्सा हुन् ।
रिपोर्टका अनुसार, यो प्रणाली पूर्णरुपमा सम्पन्न भएपछि यसले कक्षमै रियल टाइम डेटा प्रशोधन गर्न सक्षम हुनेछ । जसको कुल कम्प्युटिङ क्षमता १ हजार पेटा अपरेसन्स प्रति सेकेन्ड हुने अनुमान गरिएको छ । तुलनाको लागि, क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर नेसनल ल्याबोरेटरीमा रहेको नयाँ एल क्यापिटान प्रणाली ९गत वर्ष विश्वकै सबैभन्दा शक्तिशाली सुपरकम्प्युटर घोषित० ले १।७२ पेटा अपरेसन प्रतिसेकेन्डको क्षमता प्राप्त गरेको छ ।
हार्वर्ड विश्वविद्यालयका अन्तरिक्ष इतिहासकार र खगोलशास्त्री जोनाथन म्याकडावेलले अन्तरिक्षमा क्लाउड कम्प्युटिङको धारणा अहिले “धेरै प्रचलनमा” रहेको बताएका छन् । “कक्षमा स्थित डेटा केन्द्रहरुले सौर्य ऊर्जा प्रयोग गर्न सक्छन् र आफ्नो ताप अन्तरिक्षमा विकिरण गर्न सक्छन्, जसले ऊर्जा आवश्यकता र कार्बन उत्सर्जन कम गर्छ,” म्याकडावेलले भने ।
उनका अनुसार चीन, संयुक्त राज्य अमेरिका र युरोपले भविष्यमा यस्ता कक्षीय डेटा केन्द्रहरु प्रक्षेपण गर्ने अपेक्षा गर्न सकिन्छ । बुधबारको चिनियाँ प्रक्षेपण यस अवधारणाको नेटवर्किङ भागको पहिलो महत्वपूर्ण परीक्षण भएको उनले बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका अनुमान अनुसार, सन् २०२६ सम्म विश्वभरका डेटा केन्द्रहरुले वार्षिकरुपमा १ हजार टेरावाट घण्टा भन्दा बढी विद्युत् खपत गर्न सक्ने अनुमान गरिएको छ । जुन जापानको कुल विद्युत् खपतसँग झन्डै बराबर हो ।
यी डेटा केन्द्रहरु चिस्याउन पनि ठूलो परिमाणमा पानीको आवश्यकता पर्छ । सन् २०२२ मा गुगलले मात्रै आफ्ना डेटा केन्द्रहरु चिस्याउन १९।७ अर्ब लिटर पानी प्रयोग गरेको थियो । संसाधन लागत लगातार बढिरहेको यस पृष्ठभूमिमा, पृथ्वीमै आधारित डेटा प्रशोधनको सीमा प्रस्ट देखिन थालेको छ । परम्परागतरुपमा, उपग्रहहरूले अन्तरिक्षमा डेटा संकलन गर्छन्, तर त्यसलाई प्रशोधनका लागि पृथ्वीमा फर्काउनुपर्छ । उक्त प्रक्रिया सीमित ग्राउन्ड स्टेसन र सीमित ब्यान्डविथका कारण बाधामा पर्दै आएको छ । फलस्वरुपः संकलित कुल डेटा मध्ये १० प्रतिशतभन्दा कम मात्र डेटा पृथ्वीमा फर्कन्छ, त्यो पनि प्रायः ठूलो विलम्बका साथ ।
चीनले प्रक्षेपण गरेका १२ वटै उपग्रहमध्ये प्रत्येकले प्रतिसेकेन्ड ७४४ ट्रिलियन अपरेसनसम्म प्रशोधन गर्न सक्छन् । ती उपग्रहहरु हाइ स्पीड लेजर लिंकमार्फत आपसमा जोडिएका छन् र १०० गिगाबिट प्रति सेकेन्डसम्म डेटा ट्रान्सफर दर प्रदान गर्ने बताइएको छ ।
प्रतिक्रिया