नाडेप लघुवित्तले जेठ २५ गते बोलायो साधारणसभा

आइतबार, ०४ जेठ २०८२, १२ : ११

काठमाडौं- नाडेप लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा गत आर्थिक वर्षको प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, सभामा कम्पनीको सेयर संरचना परिवर्तन गर्ने सम्बन्धमा छलफल पनि हुनेछ ।

अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । नाडेपले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभामा पेश गर्ने छ्रैन । तसर्थ, यसपटक नाडेपका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

सभा ट्रिपल क्राउन रिसोर्ट, गलौदी, ४ धादिङमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि जेठ १२ गते बुक क्लोज हुनेछ ।
 

आइतबार, ०४ जेठ २०८२, १२ : ११

प्रतिक्रिया