काठमाडौं— प्रभु बैंक लिमिटेड, इला होटल्स एण्ड रिसोर्ट्स र मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्रमा हस्ताक्षर भएको छ।
यस समझदारीअनुसार प्रभु बैंकका ग्राहक र कर्मचारीहरूले होटल, आवास र केबलकार सेवामा विशेष छुट पाउनेछन्। समझदारीपत्रमा प्रभु बैंककी प्रमुख प्रदेश अधिकृत सांग्रीला श्रेष्ठ र इला होटल्स तथा मौलाकाली केबलकारका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।
सहकार्य अनुसार खानपान सेवामा १०%, केबलकार टिकटमा २०%, आवास सेवामा १०% छुट र केबलकार यात्रा निःशुल्क प्रदान गरिनेछ।
प्रभु बैंक हाल देशभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत ३५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ। हालसालै 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित बैंकले फिनाकल इन्फोसिस इनोभेसन गोल्ड २०२४ अवार्ड समेत प्राप्त गरिसकेको छ।
प्रतिक्रिया