काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि आजका लागि तय भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रतिनिधि सभाको कार्यसूचीबाट हटेको छ ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएकोमा त्यो रोकिएको छ।
प्रधानमन्त्री ओलीको सचिवालयले स्वास्थ्य समस्याका कारण सोमबार साँझ बस्ने मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको जनाएको थियो।
प्रतिनिधि सभाको बैठक मंगलबार ११ बजे बस्दैछ ।
प्रतिक्रिया