बेलकोटगढीका सव–इन्जिनियरविरुद्ध मुद्दा

शुक्रबार, ०६ असार २०७६, २२ : २६

काठमाडौं– सेवाग्राहीसँग ३५ हजार घुस खाने नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत सब इन्जिनियर बद्री भण्डारीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । 
भण्डारीले बेलकोटगढी नगरपालिका नुवाकोटको विज्ञापन प्रकाशित गरेबापत सेवाग्राहीसँग रू ३५,००० घुस माग गरी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । 
 

शुक्रबार, ०६ असार २०७६, २२ : २६

प्रतिक्रिया