काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले निजामती विधेयकमा चलखेल गर्ने जोसुकै संलग्न भएपनि त्यसलाई पनि कारबाही गर्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गर्दै निजामती विधेयकमाथि तलमाथि भएको कुरा आएको भन्दै छानबिन हुने बताए । छानबिनपछि जोसुकै दोषी भएपनि कारबाही हुनुपर्ने उनले बताए ।
सिंहले संविधान निर्माण गर्दा हस्ताक्षर गर्नेहरूले नै संविधानको विरोध गर्नु उचित नभएको धारणा राखे । उनले सरकारको आलोचना गर्ने नेताहरूले आफू सरकारमा बस्दा के गरे भन्ने बिर्सन नहुने उल्लेख गरे ।
त्यस्तै उनले सरकारको कामकारबाहीलाई जनताले हेरेर बसेको भन्दै जनताका लागि काम गर्न आफूहरू राजनीतिमा आएको बताए । सिंहले जनता र देशका लागि काम नगर्ने नेताहरूलाई जनताले निर्वाचनमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगरपालिकाको नवनिर्मित प्रशासनिक भवन निर्माणमा सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा बहुआयामिक प्रशासनिक भवनले जनतालाई सेवा प्रवाह सहजता आउने विश्वास व्यक्त गरेका थिए। पालिका प्रशासनिक भवन सम्वतः देशकै आधुनिक र व्यवस्थित भएको मानिन्छ।
प्रतिक्रिया