फेरि बैतडीमा गयो भूकम्प, क्षतिको विवरण आउन बाँकी

शुक्रबार, ०९ जेठ २०८२, ०६ : ३८

बैतडी- बैतडी सदरमुकाम भएर भूकम्प भएको छ । सुर्खेतिस्थित भूूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलंगा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो ।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए । भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताउनुभयो । भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ । 

शुक्रबार, ०९ जेठ २०८२, ०६ : ३८

प्रतिक्रिया