काठमाडौं– कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८२ को अवसरमा काठमाडौँसहित देशभर ५० भन्दा बढी कार्यक्रमहरू भव्य रुपमा सम्पन्न गरेको छ।
देशका सातवटै प्रदेश र ५० भन्दा बढी जिल्लामा आयोजित यी कार्यक्रमहरू सूचना प्रविधिको पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
यस वर्षको सूचना तथा सञ्चार प्रविधि दिवस ूडिजिटल नेपाल फ्रेमवर्क २।० र आगामी कार्यदिशाू भन्ने मूल विषयमा केन्द्रित रह्यो। सो अवसरमा साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल साक्षरता, प्रविधि प्रशिक्षण, प्रभातफेरी लगायतका विविध कार्यक्रमहरू आयोजना गरिएको थियो।
दिवसको मुख्य समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भयो। उक्त कार्यक्रममा सरकार, निजी क्षेत्र तथा नागरिक समाजका विज्ञहरूबीच नेपालको डिजिटल रूपान्तरण, नीति, समावेशी प्रविधि र डिजिटल शासन प्रणालीबारे बहस गरिएको थियो।
क्यान महासंघकी अध्यक्ष श्रीमती सुनैना पाण्डे घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चिरञ्जीबी अधिकारीले समन्वय र पूर्वअध्यक्ष रणजितकुमार पोद्दारले धन्यवाद ज्ञापन गरेका थिए।
मूल समारोह समितिको संयोजन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले गरेकी थिइन्। प्रचारप्रसार उपसमितिको नेतृत्व उपाध्यक्ष चिरञ्जीबी अधिकारी, प्रदेशस्तर कार्यक्रम उपसमितिको नेतृत्व उपाध्यक्ष शेखरनाथ दुलाल, स्टार्टअप तथा इनोभेसन प्रदर्शनी उपसमितिमा उपाध्यक्ष सृजना श्रेष्ठ, व्यवस्थापन उपसमितिमा महासचिव चन्द्रबिलास भुर्तेल तथा केन्द्रीय सदस्य हेमपाल श्रेष्ठले गरेका थिए।
देशव्यापी कार्यक्रमको विस्तार
क्यान महासंघले बागमती, कर्णाली, सुदूरपश्चिम प्रदेशलगायत देशभरका ५० भन्दा बढी जिल्लाहरू — झापा, मोरङ, धनुषा, चितवन, पोखरा, दाङ, बाँके, सुर्खेत, कास्की, बर्दिया, कञ्चनपुरमा सूचना प्रविधिसँग सम्बन्धित विविध कार्यक्रमहरू आयोजना गरेको थियो।
प्रदेश समूह समन्वयमा उपाध्यक्ष शेखरनाथ दुलालको नेतृत्वमा १६ जना केन्द्रिय प्रतिनिधिहरू, ७ प्रदेश समिति, सबै जिल्ला शाखा तथा केन्द्रीय समिति समन्वयमा सक्रिय भूमिका निर्वाह गरिएको थियो।
सूचना प्रविधिलाई देशका हरेक कुनासम्म पुर्याउने संकल्प
समापन कार्यक्रममा अध्यक्ष सुनैना पाण्डे घिमिरेले यस्ता कार्यक्रमहरू सूचना प्रविधिलाई देशका हरेक कुनामा पुर्याउने कोसेढुंगा भएको बताउँदै निरन्तरता दिन आह्वान गरिन्। उनले भनिन्,‘सूचना प्रविधिको पहुँच विस्तारले डिजिटल नेपाल फ्रेमवर्कमा महत्वपूर्ण योगदान पु¥याउनेछ।’
कार्यक्रमका अवसरमा उपाध्यक्ष तथा साइबर सुरक्षा विज्ञ चिरञ्जीबी अधिकारीले भने, ‘नेपालमा व्यवसायमैत्री वातावरण निर्माण गरेर नेपाली सफ्टवेयर र स्टार्टअपलाई प्रवर्द्धन गरौं।’
त्यसैगरी महासचिव चन्द्रबिलास भुर्तेलले डिजिटल नेपालको जग बसालेको बताउँदे भने, ‘७ वटै प्रदेश र ५० भन्दा बढी जिल्लामा कार्यक्रम आयोजना गर्नु डिजिटल नेपालको जग बसाल्ने काम हो।’
प्रतिक्रिया