काठमाडौं- सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर ई–एक्सेस लन्च गर्ने भएको छ । पहिलोपटक अटो एक्स्पो २०२५ मा सार्वजनिक भएको यो स्कुटर नयाँ ईण्टेक्नोलोजी अन्तर्गत विकास गरेको कम्पनीले बताएको छ ।
ई–एक्सेसमा लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिएको छ, स्कुटरमा एसडीएमएस ई ड्राइभिङ सिस्टम छ, जसमा इको मोड, राइड मोड ए, राइड मोड बी र रिभर्स मोड समावेश छ । यसमा रिजेनेरेटिभ ब्रेकिङ सुविधा रहेको छ ।
स्कुटरको डिजाइन स्टाइलिस र आधुनिक देखिन्छ। अगाडिको भागमा ठाडो एलईडी डीआरएल र टर्न इन्डिकेटर सहितको एप्रन छ। यसमा ड्युअल टोन कलर स्किम, सिटको कन्ट्रास्ट कलर र ठूलो टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ ।
४.१ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको यसमा एकपटकको चार्जमा करिब ९५ किलोमिटरको दूरी तय गर्न सक्छ। अगाडि र पछाडिका दुवै पाङ्ग्रा १२ इन्चको रहेको यसको अधिकतम गति ७१ किलोमिटर प्रतिघण्टा छ।
प्रतिक्रिया