काठमाडौं— साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (सीएसआरआई) ले आफ्नो सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन काठमाडौंमा सम्पन्न गरेको छ।
कार्यक्रममा संस्थाका पाँचजना नयाँ केन्द्रीय सचिवहरू निर्वाचित भएका छन् । जसबाट नेपालको साइबर सुरक्षा नेतृत्वमा नयाँ उर्जा थपिने विश्वास गरिएको छ ।
नव–निर्वाचित सचिवहरूलाई साइबर सुरक्षा जागरूकता, शिक्षा तथा अनुसन्धानमा पुर्याएको योगदानको कदरस्वरूप प्रशंसापत्र पनि प्रदान गरिएको छ। निर्वाचित सचिवहरूमा सुश्री बन्दना शर्मा (राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि उत्कृष्टता पुरस्कार २०८० विजेता(, श्री सुमन पाण्डे (लुम्बिनी प्रदेश), श्री शंकर पौडेल (गण्डकी प्रदेश), श्री राम दत्त पन्त (सुदूरपश्चिम प्रदेश), र श्री नवराज भुर्तेल (बागमती प्रदेश) रहेका छन्।
कार्यक्रममा सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारी, महासचिव डा. भोजराज घिमिरे, र वर्तमान अध्यक्ष डा. शालिग्राम पराजुलीले नेतृत्व गरेका थिए।
डा. पराजुलीले नवनिर्वाचित सचिवहरूको योगदानको प्रशंसा गर्दै साइबर सुरक्षामा निरन्तर नवप्रवर्तन र राष्ट्रिय सहकार्यको आवश्यकता औंल्याए।
संस्थापक अध्यक्ष अधिकारीले एआई, ब्लकचेन र साइबर सुरक्षामा अनुसन्धान–केन्द्रित संस्कृति विकास गर्नुपर्ने आवश्यकता प्रतिविम्बित गरेका छन्।
सीएसआरआईले डिजिटल साक्षरताको प्रवर्द्धन, साइबर लचिलो समुदाय निर्माण, र राष्ट्रव्यापी नीति विकासमा नव नेतृत्वको भूमिकालाई महत्वपूर्ण ठहर गर्दै, आगामी दिनमा सरकारी तथा शैक्षिक संस्थाहरूसँग सहकार्यलाई थप व्यापक बनाउने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया