काठमाडौं- एमजीले भारतमा उत्पादन गरेको दोस्रो मोडलको एमजी विन्डसर ईभी पारामाउन्ट मोटर्सले नेपाल ल्याएको छ । कम्पनीले बजेट भाषणपछि बिक्री सुरू गर्नेगरी विन्डसरका दुई भेरियन्टमा नेपाल ल्याएको हो।
भन्सार प्रयोजनको लागि प्रकाशित मूल्य अनुसार एक्सक्लूसिप र इसेन्स भेरियन्टमा उपलब्ध हुनेछ । जसको मूल्य क्रमशः ३९ लाख ४९ हजार र ४२ लाख ४९ हजार प्रकाशित गरिएको छ ।
एमजी विन्डसर लग्जरी र आधुनिक फिचरले भरिपूर्ण मोडल हो । यसमा चालक र यात्रुको सहजताको लागि वायरलेस चार्जर, अटोमेटिक एसी, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने फ्रन्ट सिट दिइएको छ । त्यसको अलावा पावर टेलगेट, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।
एमजीले विन्डसर ईभीमा ३८ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिएको छ । साथै, यसमा १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क २०० एनएम छ । सिंगल चार्जमा ३३१ किलोमिटर गुडाउन सकिने कम्पनीको दाबी छ ।
प्रतिक्रिया