राजावादी आन्दोलनको पूर्वसन्ध्यामा राप्रपाका सांसदहरुको पिएसओ फिर्ता

बुधबार, १४ जेठ २०८२, १३ : ४७

काठमाडौं- राप्रपाका सांसदलाई दिइएको पर्सनल सेक्युरिटी अफिसर(पिएसओ) सरकारले फिर्ता लगेको छ । यस अघि राप्रपाका सांसद ज्ञानेन्द्र शाही, ध्रुवबहादुर प्रधान र दीपक सिंहलाई पिएसओ दिइएको थियो । 

उनीहरु तीनैजनाको पिएसओ सरकारले आजमात्रै फिर्ता बोलाएको हो । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आजै पिएसओ फिर्ता लगेको बताउँदै किन लगिएको भन्ने बारेमा सरकारले कुनै जानकारी नगराएको बताए ।

भोलि(१५गते) राप्रपासहितका दलहरुको राजसंस्था पुनस्र्थापनको संयुक्त आन्दोलन सुरु हुन लागेको छ । यहीबीचमा सरकारले राप्रपाका सांसदको सुरक्षार्थ दिइएको सुरक्षाकर्मी फिर्ता लगेको हो ।

बुधबार, १४ जेठ २०८२, १३ : ४७

प्रतिक्रिया