मेस्सीले भने: कोपा अमेरिका बल्ल सुरु भयो

४ बर्ष अगाडि

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफूहरुका लागि कोपा अमेरिका बल्ल सुरु भएको बताएका छन् ।

ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार राति भएको समूह बी मा रहेको अर्जेन्टिनाले कतारलाई पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएपछि कप्तान मेस्सीले यस्तो बताएका हुन् । 

मेस्सीले खेलपछि भनेका छन्, ‘हामीले राम्रो खेल्यौँ र जित्यौँ । यो जितले महत्व राखेको छ । हामीले अब पनि यस्तै खेल खेल्नु पर्छ । आत्मविश्वास र धैर्यता जरुरी छ ।’

जितले कोपा अमेरिकाको यात्रा कायम राखेको र यसले आफूहरुलाई थप सुधारिएको खेल प्रस्तुत गर्ने अवसर पनि दिएको मेस्सीले बताएका छन् ।

अर्जेन्टिनाले कतारमाथि २–० को जित निकालेर समूह उपविजेताका रुपमा अन्तिम ८ मा स्थान बनाएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया