नयाँ फिचरसहित एमजी कोमेट नेपाली बजारमा, पुरानै मूल्यमा उपलब्ध हुने

बुधबार, २८ जेठ २०८२, १६ : ०२

काठमाडौं– एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सिले नयाँ एमजी कोमेट ईभी नेपाली बजारमा ल्याएको छ ।

आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरी डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इन्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन भएको र यसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको कम्पनीको भनाइ छ ।

यसअघि नै नेपाली बजारमा उपलब्ध भएको यो ईभी हाल नयाँ मोडलमा रियर पार्किङ क्यामेरा र सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि जस्ता फिचर थप गरि ल्याइएको छ । नयाँ एमजी कोमेटको मूल्य वृद्धि गरिएको छैन । दुई भेरिएन्टमा उपलब्ध हुने एमजी कोमेटको मूल्य १९ लाख ९९ हजार र २२ लाख ७४ हजार रुपैयाँ छ ।

कोमेट इभीमा १०.२५ इन्चको ड्युअल स्क्रिन अर्थात इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरको सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट कीको सुविधा समेत दिइएको यस ईभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।

यस ईभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख २० हजार किलोमिटर र हाई–भोल्टेज कम्पोनेन्टमा ३ वर्ष वा १ लाख किलोमिटर सम्मको वारेन्टी उपलब्ध छ ।

एमजीले नेपालभर ईभी पूर्वाधारको विस्तार गर्दै गएको बताएको छ । एमजीको काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, विराटनगर, विर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगन्ज, नेपालगन्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा एमजीका सर्भिस सेन्टर उपलब्ध छन्। त्यसैगरी काठमाडौं, बिर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगन्ज, इटहरी, जनकपुर र ढल्केवरमा चार्जिङ स्टेशन सञ्चालनमा छन्।

बुधबार, २८ जेठ २०८२, १६ : ०२

प्रतिक्रिया