काठमाडौं- देशैभर सुनचाँदी पसल बन्द गरेर व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघ र देशभरका संघहरूले व्यवसाय बन्द गरेर विरोध जनाएका छन् ।
सरकारले आगामी बजेटमार्फत सुनमा २ प्रतिशत विलासिता र हिरामा १३ प्रतिशत भ्याट लगाएको विरोधमा उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने उनीहरूको माग छ । साथै सुनचाँदी कारोबारका लागि प्रस्ट नीति नियमावली निर्माणकोसमेत माग गरेका छन् ।
प्रतिक्रिया