काठमाडौं- मोदी इनर्जी लिमिटेडले विशेष साधारणसभा बोलाउने भएको छ । सभा असार १९ गते रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेस हुनेछ । साथै यस सभाले १ जना सञ्चालक पनि नियुक्त गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गर्ने भएकोले असार ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।
प्रतिक्रिया