पहिलोपटक अर्जेन्टिनाका प्रशिक्षकलाई पहेँलो कार्ड

४ बर्ष अगाडि

एजेन्सी – कतार र अर्जेन्टिनाबीचको खेलमा रोमाञ्चक दृश्य देखियो । 

अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले खेल अवधिभर नै होहल्ला गरे र पटक–पटक रेफ्रीको निर्णय मानेनन् । रेफ्रीले बारम्बार स्कालोनीलाई चेतावनी दिएका थिए । 

अन्ततः रेफ्रीले अर्जेन्टिनी प्रशिक्षक स्कालोनीलाई पहेँलो कार्ड देखाए । उनले खेललाई प्रभावित बनाउने उद्देश्य बनाएको जनाउँदै रेफ्रीले पहेँलो कार्ड देखाएका हुन् । 

प्रतियोगितामा पहिलोपटक प्रशिक्षकले पहेँलो कार्ड पाएका हुन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया