राजावादी आन्दोलनलाइ लक्षित गर्दै लगाइएको निषेधाज्ञा हट्यो

शुक्रबार, ०६ असार २०८२, १३ : २१

काठमाडौं- राजावादी आन्दोलनलाइ लक्षित गर्दै राजधानीका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा हटाइएको छ । 

चक्रपथ तथा चक्रपथ भित्रका तोकिएका स्थानबाहेक सार्वजनिक स्थलमा भेला, जुलुस, धर्ना, प्रदर्शन लगायतका कार्यक्रम गर्न रोक लगाइएको आदेश अब कार्यान्वयनमा नरहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना जारी गर्दै २०८२ जेठ १८ गतेको आदेशअन्तर्गत लागू गरिएको निषेधाज्ञा अब फिर्ता गरिएको जनाएको छ ।

सूचनामा उल्लेख गरिएको छ, “हाललाई जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा कार्यक्रम गर्न गरी उक्त आदेश कायम नरहेको व्यहोरा यसै सूचनाबाट जानकारी गराइन्छ ।”

शुक्रबार, ०६ असार २०८२, १३ : २१

प्रतिक्रिया