बीपी राजमार्गमा राति सवारी चलाउन रोक

शुक्रबार, ०६ असार २०८२, १६ : १४

काठमाडौं । अन्तरजिल्ला सुरक्षा समन्वय समितिले बीपी राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै (खुर्कोट र काभ्रेभञ्ज्याङ सडक खण्ड )मा आगामी १५ दिन रातिको समयमा सवारी चलाउन रोक लगाउने निर्णय गरेको छ । 

काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । 

उनका अनुसार साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म मालवाहक गाडी बाहेक अन्य सवारी साधन चल्न रोक लगाउने निर्णय भएको हो । यसबारे विस्तृत सुचना सडक डिभिजन कार्यालयले निकाल्ने बताइएको छ ।

शुक्रबार, ०६ असार २०८२, १६ : १४

प्रतिक्रिया