काठमाडौं- साउदी अरेबियाको सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
दूतावासले विशेष सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली नागरिकलाई अनुरोध गरेको हो ।
दूतावासले जारी गरेको पाँचबुँदे अनुरोधमा साउदी अरेबियाका आधिकारिक निकायबाट जारी हुने सुरक्षा निर्देशन पूर्ण रूपमा पालना गर्न भनिएको छ । विशेषगरी सुरक्षा सतर्कतासम्बन्धी चेतावनी जारी भएका बेला बाहिर ननिस्कन र आवश्यक सावधानी अपनाउन दूतावासले आग्रह गरेको छ ।
दूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई स्थानीय सुरक्षा निकायका सूचनामा ध्यान दिन तथा परिस्थितिअनुसार सतर्क रहन अनुरोध गरेको छ ।

प्रतिक्रिया