लुम्बिनी प्रदेशमा एक महिनामै ५८९ मुद्दा दर्ता, ३१४ फरार प्रतिवादी पक्राउ

मंगलबार, १० कार्तिक २०८३, १२ : १०

काठमाडौं- लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन् । 

उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । जघन्य अपराधतर्फ १०६, महिला तथा बालबालिकासम्बन्धी ४४ र आर्थिक अपराधतर्फ ३९ वटा घटना भएका छन् । 

त्यस्तै, अवैध भन्सार छलीतर्फ छ करोड ८७ लाख ३४ हजार रुपैयाँ बराबरको सामानसहित २४ जनालाई पक्राउ गरिएको छ ।  राजस्व चुहावट एक करोड ९७ लाख १७ हजार ७७२ रुपैयाँ बराबरको सामानसहित ४१ जनालाई पक्राउ गरिएको छ । सवारीसाधन चेकजाँचका क्रममा एक हजार ४२८ व्यक्तिबाट एक करोड ४७ लाख ११ हजार राजस्व दाखिला भएको छ । प्राकृतिक सम्पदा दोहनतर्फ ७८ वटा सवारीसाधन जफत गरी २१ लाख १४ हजार ६०१ राजश्व दाखिला गरिएको छ । अवैध काठ बरामदबाट १९ लाख ४६ हजार ७०२ जरिवाना असुल गरिएको छ । 

अदालतको फैसला कार्यान्वयनतर्फ ३१४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । उनीहरुबाट दुई करोड ५० लाख २८ हजार ५४६ जरिवाना असुल गरिएको छ । प्रहरीले विभिन्न जिल्लाबाट ३३ थान भरुवा बन्दुक, पाँच थान ऐ।नाल र तीन थान पेस्तोलसहित अवैध हातहतियार जफत गरेको छ, भने लागुऔषध कारोबार नियन्त्रणतर्फ ६५ वटा मुद्दा दर्ता गरी  १११ जनालाई पक्राउ गरिएको छ । 

उनीहरुबाट ३६ केजी चरेस, १ किलो ग्राम ब्राउन सुगर, ९३ केजी गाँजा तथा अन्य प्रतिबन्धित औषधि बरामद भएका छन् ।

मंगलबार, १० कार्तिक २०८३, १२ : १०

प्रतिक्रिया