फोटोनको टुनल्याण्ड जी–७ सार्वजनिक, विभिन्न ५ भेरियन्टमा उपलब्ध

सोमबार, ०९ असार २०८२, ११ : ४०

काठमाडौं– फोटोनले आफ्नो बहुप्रतिक्षीत पीकअप टुनल्याण्ड जी-७ सार्वजनिक गरेको छ ।

अफरोडलाई विशेष ध्यानमा राखेर तयार भएको जी-७ को मूल्य ५१ लाख ९९ हजार रुपैयाँदेिख ७४ लाख ९९ हजारसम्म राखेर बिक्री सुरु भएको हो । यो पीकअप विभिन्न ५ भेरियन्टमा उपलब्ध हुनेछ ।

चिनियाँ कमर्सियल गाडी उत्पादक फोटोनले यसअघि टुनल्याण्ड पीकअप बिक्री गर्दै आएको थियोे । अहिले त्यसको अपग्रेड मोडल जी(७ बिक्री थालेको हो । यसअघिको टुनल्याण्ड पीकअप पनि नेपालमा सफल मोडल मानिन्छ ।

ब्युल्ट फर हिमालयाज् स्लोगन सहित बजा,मा आएको पीकअपमा २.० लिटर क्षमताको टर्बो चार्ज्ड इन्जिन यसमा पाउन सकिन्छ । यसको इन्जिन १९६८ सीसी क्षमताको छ । उक्त इन्जिनले १६० हर्सपावर र ३९० एनएम टर्क जेनेरेट गर्छ । सिस्टमको साथ उपलब्ध टुनल्याण्ड जी-७ को पेलोड क्षमता ढढण् केजी रहेको छ ।

नेपालको विभिन्न खराब बाटाहरुमा १५००० किलोमिटर भन्दा धेरै चलाएर हेरेपछि यसलाई बजारमा ल्याएको बताउँदै एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक शिकारियाले भने, हामी ग्राहकलाई उत्कृष्ट एक्पेरियन्स प्रदान गर्न र बिक्रीपछिको शुलभ सेवा दिन कटिबद्ध छौ ।

कम्पनीले बिक्री सुरु गर्नु अघि मनाङ, मुस्ताङ, इलाम, बागलुङ, जुम्ला जस्ता टफ टेरियनमा यसलाई चलाएर हेरेको थियो ।

भ्यान्टिलेटेड सिट, १२।३ इन्चको स्कृन, ६ वटा एयरब्याग, सनरुफ जस्ता फिचर यसमा छन् । हिल होल्डदेखि ट्रयाक्सन कन्ट्रोलसम्मका फिचर छन् । ३६० डिग्री क्यामेराले त अफरोडमा थप सहजता दिन्छ ।

सोमबार, ०९ असार २०८२, ११ : ४०

प्रतिक्रिया