नेयमार सुपरस्टार हुन् : काउटिन्हो

४ बर्ष अगाडि

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर फिलिपे काउटिन्होले नेयमार सुपरस्टार खेलाडी भएको बताएका छन् । 

नेयमारको पुनरागमनको चर्चासँगै काउटिन्होले नेयमारसँग खेल्ने अवसर मिलेमा आफ्नो लागि खुसी लाग्ने बताए  । ‘नेयमारसँग खेल्न पाउनु साच्चै मेरो लागि खुसीको कुरा हो । उनी सुपरस्टार हुन्, ‘काउन्टिहोले भने,’ मलाई थाहा छैन के हुन्छ । तर उनीसँग खेल्ने कुरा गर्दा पनि खुसी लाग्छ । उनी अर्कै क्षमता भएका खेलाडी हुन् । उनी जुन सुकै टोलीका लागि पनि महत्वपूर्ण खेलाडी हुन् । ‘

नेयमारको प्रतिभा र क्षमतालाई कसैले पनि नकार्न नसक्ने काउन्टिहोले बताए । ‘अहिलेको अवस्थामा मानिसका धेरै खाले कुरा हुन्छन् । तर, के हुन्छ भन्न सकिन्न,’ उनले भने , ‘उनी एउटा समूहको अंग हुन् । उनी समूह सँगै छन्, तर हामीले यी सबै विषयमा केहि कुरा गरेका छैनौं ।’

४ बर्ष अगाडि

प्रतिक्रिया