यामाहा नेपालद्वारा गोंगबुमा नयाँ थ्री एस शोरुमको उद्घाटन

शनिबार, १४ असार २०८२, ११ : ०५

काठमाडौं – यामाहा नेपालले काठमाडौँको गोंगबुमा नयाँ सेल्स, सर्भिस र स्पेयर पार्ट्स (3S) सुविधासहितको शोरुम मोटोक्राफ्ट्स प्रालिको उद्घाटन गरेको छ।

उद्घाटन कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी प्रमुख अतिथि थिए भने एमएडब्लू ग्रुप अफ कम्पनीजका ग्रुप डाइरेक्टर  गोपालकुमार अग्रवाल, एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवाल, र वडा नम्बर ९ का अध्यक्ष रामभक्त घिमिरे विशेष अतिथिका रूपमा सहभागी थिए।

यो नयाँ शोरुम सञ्चालनसँगै यामाहाले देशभरका ग्राहकहरूसम्म सजिलै पुग्ने, सेवा गुणस्तर सुधार्ने र ग्राहक सन्तुष्टिमा थप बलियो प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा बोल्दै गोपालकुमार अग्रवालले भने,“यामाहा उत्कृष्टता, भरपर्दो प्रविधि र इनोभेसनसँग जोडिएको ब्रान्ड हो। गोंगबुमा नयाँ शोरुममार्फत हामीले आफ्नो सेवा र गुणस्तर अझ धेरै ग्राहकसम्म पुर्‍याउने लक्ष्य लिएका छौं। हामी सधैं साझेदार र समुदायसँगै अघि बढ्न विश्वास गर्छौं, र यो शोरुम त्यसैको प्रतीक हो।”

त्यस्तै, एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले भने,“गोंगबुमा नयाँ 3S शोरुम सुरु गर्नु भनेको उत्कृष्ट यामाहा उत्पादन र सेवाहरू ग्राहकको झनै नजिक पुर्‍याउने हाम्रो प्रयासको अर्को चरण हो। हामी सधैं उच्च मापदण्ड कायम गर्दै नेटवर्क विस्तारमा क्रियाशील रहनेछौं।”

मोटोक्राफ्ट्स प्रा. लि. का कार्यकारी निर्देशक सुरोज न्हेम्हाफुकीले भने,“हामी मोटोक्राफ्ट्सबाट यामाहाका दुई पांग्रे सवारीसाधनको विक्री मात्र नभई भरपर्दो आफ्टर–सेल्स सेवा र गुणस्तरीय स्पेयर पार्ट्स उपलब्ध गराएर ग्राहकको दीर्घकालीन विश्वास जित्नेछौं।”

यस नयाँ शोरुमको उद्घाटनसँगै यामाहा नेपालले काठमाडौं क्षेत्रको सञ्जाललाई थप मजबुत बनाएको छ। अब गोंगबु र आसपासका ग्राहकले सजिलै यामाहाका मोटरसाइकल, स्कुटर, सर्भिस तथा स्पेयर पार्ट्स एकै छानामुनि पाउन सक्नेछन्।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले भरपर्दो प्रविधि, नवप्रवर्तन र उत्कृष्ट ग्राहक सेवामार्फत नेपाली दुईपांग्रे बजारको नेतृत्व गरिरहेको छ।

शनिबार, १४ असार २०८२, ११ : ०५

प्रतिक्रिया