लगनखेलमा यामाहा ब्लू फेस्ट २०८२ को सुरुवात, असार १७ गते सम्म चल्ने

शनिबार, १४ असार २०८२, १२ : १५

काठमाडौं– नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव “यामाहा ब्लू फेस्ट” लगनखेल बसपार्कमा औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरेका थिए। असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।  कार्यक्रममा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्याङ्कन र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ।

यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन्:

  • जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।
  • यामाहा बाइक वा स्कुटरमा न्यूनतम रु. ५०,००० को मूल्यांकन।
  • अन्य ब्रान्डमा न्यूनतम रु. २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य)।
  • एक्सचेन्जमा अतिरिक्त रु. १०,००० बोनस।
  • रु. ६,००० सम्मको नगद छुट।
  • फ्रीएक्सेसरिजहरू।
  • निःशुल्कआर्थिक वर्ष०८२/८३को सडक करभुक्तान।
  • ७.९९% ब्याजदरमावित्तपोषण, ग्यारेन्टरआवश्यकनपर्ने सुविधा।

यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ। ARAI प्रमाणित ७१.३३ कि.मी.प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर RayZR 125FI Hybrid देखि स्टाइलिश र स्पोर्टी लुकसहितको Yamaha R15 V4 सम्म,यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ। सडकमा दमदार उपस्थिति चाहनेहरूलेMT-15 V2 र FZ V3 सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा Aerox 155 ले आफ्नो फरक पहिचान बनाएको छ।

अफ-रोडका लागि WR155R जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन्। यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमाञ्चक राइडिंग अनुभव प्रदान गर्दछ।

एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो जो आफ्नो अत्याधुनिक प्रविधि, उच्च प्रदर्शन र ग्राहक सन्तुष्टि प्रतिको प्रतिबद्धताका लागि परिचित छ। यामाहाले निरन्तर रूपमा उत्कृष्ट प्रविधि र सेवाको सीमा फैलाउँदै देशभर नै उत्कृष्ट राइडिंग एक्सपिरियन्स प्रदान गरिरहेको छ।

शनिबार, १४ असार २०८२, १२ : १५

प्रतिक्रिया