काठमाडौं- सेरेस नेपालले देशभर ‘मनसुन एक्सचेन्ज क्याम्प’ सञ्चालन गरेको छ । कम्पनीले असार १२ देखि सुरु गरेको यो क्याम्प १८ गतेसम्म सञ्चालन हुनेछ ।
यो क्याम्प ग्राहकलाई दिगो र भविष्यमैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार एक्सचेन्ज क्याम्पमा ग्राहकहरूले आफूसँग भएका जुनसुकै पुराना गाडी सेरेस ३ सँग साट्न पाउने छन् । साथै, ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायत अफरहरू पाउने छन् ।
सेरेस ३ ले इन्डोनेसियाको ‘२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकल शो’मा तीन वटा ‘बेस्टईभी’ अवार्ड समेत जितेर आफूलाई अब्बल प्रमाणित गरेको छ ।
प्रतिक्रिया