काठमाडौं- रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा राजन ढकाल नियुक्त भएका छन् ।
आइतबार बिहान बसेको सञ्चालक समिति बैठकले अध्यक्ष सुभाष कुमार मिश्रको स्थानमा राजन ढकाललाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
यसैगरी कम्पनीको प्रबन्ध सञ्चालक छविलाल गैह्रे सुरुवा भएपछि उनको स्थानमा सत्यराम ज्याख्वलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको छ ।
कम्पनीको सञ्चालकको जिम्मेवारी भने बाबुराजा महर्जनलाई दिईएको छ ।
प्रतिक्रिया