थप फिचरसहित केटिएम ३९० एड्भेन्चरको नयाँ भेरिएन्ट आउँदै

आइतबार, १५ असार २०८२, १२ : ०७

काठमाडौं- केटिएमले आफ्नो लोकप्रिय मोटरसाइकल एडभेन्चर ३९० को नयाँ भेरिएन्ट ल्याउने भएको छ । हालको एक्स भेरिएन्टलाई प्रतिस्थापन गर्नेगरी एक्स प्लस नामक नयाँ भेरियन्ट लन्च हुन लागेको हो ।

यस ३९० एडभेन्चर एक्स प्लस भेरियन्टमा कर्नरिङ एबिएस ट्रयाक्सन कन्ट्रोल र क्रूज कन्ट्रोल जस्ता इलेक्ट्रोनिक राइडिङ एड्सहरू हुनेछन् । बाइकमा स्ट्रिट, रेन र अफ–रोड गरी कुल तीनवटा राइडिङ मोडहरू पनि हुनेछन् ।

पावरट्रेनमा र मेकानिकल पक्षमा भने कुनै परिवर्तन नहुने कम्पनीले प्रष्ट वारेको छ । केटिइएम ३९० एडभेन्चरमा ३९९ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको छ । ६ स्पिड गियरवक्ससंग जोडिएको यस इन्जिनले ४५ बिएचपी पावर र ३९ एनएम टर्क जेनेरेट गर्दछ ।

सो नयाँ भेरिएन्टको अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनो–शक सस्पेन्सन जडान हुनेछ । अगाडी १९–इन्च र पछाडी १७–इन्चको एलोई ह्विल जडान हुने यस बाइमा डुअल पर्पज टायर उपलब्ध हुनेछ ।

आइतबार, १५ असार २०८२, १२ : ०७

प्रतिक्रिया