काठमाडौं- बीवाइडीले गत वर्षको नाडा अटो शोमा सार्वजनिक गरेको सिलायन–७ ईभीको बिक्री यही साताबाट सुरु गरिने भएको छ । साइमेक्स इंक प्रालिले आगामी जुलाई ४ शुक्रबारदेखि सिलायन ईभी बिक्री सुरु गर्न लागेको हो ।
नेपाली बजारमा दीपल एस–७, जिकर एक्स र एक्सपेङ जी–६ जस्ता प्रिमियम एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ । बीवाइडीको ‘सेल टु बडी टेक्नोलोजी’मा बनेको सिलायन ‘ई प्लेटफर्म ३.० ईभो’मा आधारित रहेर बनेको हो ।
यसमा बीवाइडीको नयाँ डीसुस सी इन्टेलीजेन्ट ड्याम्पीङ बडी कन्ट्रोल सिस्टम, रोडको कन्डिसन बुझ्ने एडाप्टीभ सस्पेन्सन छ । डी पाइलट १०० (गड्स आई) एड्भान्स ड्राइभर असिस्ट सिस्टमको साथ आएको सिलायनमा १२ वटा अल्ट्रा सोनिक सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा ओम्नी भ्यू क्यामरा दिइएको छ ।
यसको इन्टेरियरमा १२८ कलरको एम्बीयन्ट लाइटसहितको प्रिमिमय क्याविन पाउन सकिन्छ । यसमा मसाज फङ्सन सहितको भेन्टीलेटेड सिट, नयाँ डिजाइनको फोर स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, १५.६ इन्चको रोटरी इन्फोटेन्मेन्ट स्कृन छन् ।
त्यसैगरी भ्वाइस कन्ट्रोल, कृष्टल गियर सेलेक्टर, ल्यापटपका लागि २२० भोल्टको पावर सप्लाइ, एनएफसी कीलेस इन्ट्री, १२ वटा स्पीकर, ५० वाटको वायलेस चार्जर, ५० इन्चको एआर एचयूडी, इलेक्ट्रोक्रोमिक मुनरुफ, नापा लेदर सिट दिइएको छ ।
सिलायन ईभीको लम्बाइ ४८३० एमएम, चौडाइ १९२५ एमएम, उचाइ १६२० एमएम छ । यसमा २९३० एमएम लामो ह्वीलवेस छ । नेपालमा बिक्री सुरु हुन लागेको सिलायनमा ७१.८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।
रियर ह्वील ड्राइभ अप्सनमा आउन लागेको सिलायनमा १०० किलोवाटको इलेक्ट्रीक मोटर रहने छ । यसको मूल्य ७५ लाख आसपास रहने अनुमान गरिएको छ ।
प्रतिक्रिया