एमजी विन्डसर ईभी असार १८ गते नेपालमा सार्वजनिक हुँदै

सोमबार, १६ असार २०८२, १३ : ३३

काठमाडौं- एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले असार १८ गते बुधबार एमजी विन्डसर ईभी सावर्जनिक गर्ने भएको छ ।

विन्डसर जेएसडब्लू एमजीले भारतमा उत्पादन गरेको दोस्रो ईभी मोडल हो । भारतमा उत्पादन भएको कोमेट मिनी ईभी यस अघिदेखि नै नेपालमा बिक्री हुँदै आएको छ । 

भारतीय बजारमा निकै राम्रो संख्यामा बिक्री हुँदै आएको विन्डसर ईभी नेपालमा भने बीवाइडी डल्फिनसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हो ।

विन्डसर ईभी एक्सक्लूसिप र इसेन्स गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ । केही समय अगाडी प्रकाशित मूल्यका अनुसार एक्सक्लूसिपको ३९ लाख ४९ हजार इसेन्सको ४२ लाख ४९ हजार रहेकोमा बिक्री सुरू हुँदा अझै कम हुने अनुमान गरिएको छ ।

 
सोमबार, १६ असार २०८२, १३ : ३३

प्रतिक्रिया