काठमाडौं- टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ स्कुटरको बिक्री सुरू गर्ने तयारी थालेको छ ।
कम्पनीले जुलाइको पहिलो साता जुपिटर ११० स्कुटर सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । केही समयअघि पुरानो मोडल जुपिटर ११० को बिक्री बन्द भएपछि कम्पनीले ११३ सीसी इन्जिनका साथ नयाँ डिजाइनमा तयार भएको जुपिटर बिक्री सुरू गर्न लागेको हो ।
सिल्क डिजाइनमा रहेको जुपिटरको फ्रन्ट कनेक्टेड एलईडी डीआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ । यसमा पहिलो पटक ‘फलो मी’ एलईडी डिस्प्ले दिएको छ । जुन स्कुटर बन्द भएको केही सेकेन्डसम्म बलेर आफैं बन्द हुन्छ ।
नेपाली बजारमा यसको मूल्य २ लाख ५० हजार रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया