काठमाडौं – नेपाली बजारमा एमजीको नयाँ विन्डसर ईभी उपलब्ध हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक कार्यक्रमका बीच एमजी विन्डसर ईभी सार्वजनिक गरेको हो
एमजी विन्डसरमा ३८ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री भएको स्टेबल म्याग्नेटिक सिंक्रोनस मोटर जडान गरिएको छ । सो मोटरले अधिकतम १३६ पीएस पावर र २०० एनएमको अधिकतम टर्क जेनेरेट गर्छ । फुल चार्जमा यसले ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । सो कारमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी चार ड्राइभिङ मोड रहेको छ ।
एमजी विन्डसरमा एलईडी लाइट, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्विल, एरो–लाउन्ज सिट, फ्रन्ट भेन्टिलेटेड सिट, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सहितको १५।६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, पीएम २।५ फिल्टर, पावर्ड टेलगेट र प्यानोरामिक सनरुफ जस्ता फिचर रहेको छ । कारमा कनेक्टिभिटीको लागि डिजिटल ब्लुटुथ पनि रहेको छ ।
एमजी विन्डसर ईभीमा १५.६ इनचको टचस्क्रिन, ६०४ लिटरको बुट स्पेस, १३५ डिग्रीको एयरो लाउन्ज सिट, वायरलेस चार्जिङ र १८६ एमएमको ग्राउन्ड क्लियरेन्स लगायतका फिचरहरु रहेका छन् ।
नेपाली बजारमा दुई भेरिएन्टको एमजी विन्डसर ईभी बिक्रीका लागि उपलब्ध भएको छ । यसको मूल्य ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस एमजी विन्डसरले भारतमा बुकिङ खुलेको २४ घण्टामै १५ हजार बुकिङ , सबैभन्दा छिटो ३० हजार युनिट बिक्री र ७ महिना सम्म लगातार सबैभन्दा धेरै बिक्री हुने ईभीको रेकर्ड कायम गरेको छ ।
प्रतिक्रिया