भारतमा एथर स्कुटर 'बास' स्कीमसहित लन्च हुँदै, मूल्य ४० प्रतिशतले घट्ने

विहीबार, १९ असार २०८२, ११ : ५७

काठमाडौं- एथर इलेक्ट्रिक स्कुटरको मूल्य ४० प्रतिशतले घट्ने भएको छ । एथर इनर्जीले बास (ब्याट्री एज अ सर्भिस) ल्याउने घोषणा गरेपछि स्कुटरको मूल्य घट्ने भएको हो ।

कम्पनीका अनुसार ब्याट्री भाडामा लिएर चलाउने भएपछि ब्याट्री बाहेकको मूल्य तिर्दा पुग्छ । त्यसैले यसको मूल्य ४० प्रतिशतसम्म घट्ने भएको हो । यस स्कीममा एथरका स्कुटर किन्दा उपभोक्ताले मासिक प्याकेजमा ब्याट्री प्रयोगको रकम तिर्नु पर्छ ।

एथर इनर्जीले कम्युनिटी डेमा कम मूल्यको नयाँ प्लेटफर्ममा स्कुटर ल्याउने घोषणा गरेको छ । कम्पनीले इएल प्लेटपर्फमा रिज्टाभन्दा कम मूल्यमा स्कुटर सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा एथर ब्राण्डको इलेक्ट्रिक स्कुटर सबैभन्दा धेरै बिक्री हुनेमध्येमा पर्छ । तर बास स्कीम आउनेबारे भने हालसम्म कुनै जानकारी छैन । 

 
विहीबार, १९ असार २०८२, ११ : ५७

प्रतिक्रिया