‘नाडा अटो शो २०२५’ को स्टल एलोकेसन सम्पन्न

शनिबार, २१ असार २०८२, १० : ४५

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आगामी भदौ ३ देखि ८ सम्म भृकुटीमण्डप सञ्चालन हुने ‘नाडा अटो शो २०२५’ का लागि स्टल एलोकेसन सकिएको छ ।

नेपाली अटो उद्योगको प्रमूख प्रदर्शनी बनेको ‘नाडा अटो शो’ प्रविधि, नवप्रवर्द्धन एवं गतिशीलतामा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

अटो शोमा चार पांगे सवारीका १८ वटा स्टल, दुई पांग्रेको ४ वटा स्टल, लाइट कर्मर्शियल भेहिकलको १३ वटा र अटो कम्पोनेन्टहरुका ४० वटा भन्दा बढी स्टल रहने नाडाले जनाएको छ ।

यो संस्करणमा मेड इन नेपाल पभिलियन, विन्टेज कार पभिलियन, अटो डायलग (नीति र प्रवृत्ति सम्बन्धी संवाद), इटेरी, क्याफेलगायत विशेष आकर्षण हुनेछ । नाडा अटो सोको टाइटल स्पोन्सर एमएडब्ल्यू ग्रुप अफ कम्पनीज रहनेछ ।

नाडा अटो शो २०२५ अटोमोबाइल उद्योगप्रतिको जनचासो हुनुकासाथै अत्याधुनिक प्रविधि तथा नेपालमा गरिएका इनोभेसनहरूको भव्योत्सव हुने विश्वास आयोजकको रहेको छ ।

 
शनिबार, २१ असार २०८२, १० : ४५

प्रतिक्रिया