काठमाडौं- गरिमा विकास बैंकले संस्थापक समूह ९८ हजार २८.८४ कित्ता सेयर बिक्रीमा राखेको छ।
यो सेयरमा बैंकका संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन पेस गर्न सक्नेछन्।
सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न पर्नेछ।
यसअघि संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला सेयरमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।
प्रतिक्रिया