राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नेपाल, भारत र भुटानमा चल्ने भिसा क्रेडिट कार्ड

शनिबार, २१ असार २०८२, १५ : ४५

काठमाडौं— राष्ट्रिय वाणिज्य बैंकले नेपाल, भारत र भुटानमा प्रयोग गर्न मिल्ने भिसा क्रेडिट कार्डको सुविधा प्रदान गरेको छ। सुरक्षित, सजिलो र सुविधाजनक डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित बैंकले उक्त कार्ड सञ्चालनमा ल्याएको हो।

बैंकको क्रेडिट कार्डलाई एटीएम र पिओएस टर्मिनल दुवैमा प्रयोग गर्न सकिने छ। साथै, नेपाली रुपैयाँमा हुने अनलाइन कारोबारका लागि समेत कार्डले सहज रुपमा काम गर्नेछ । 

क्रेडिट कार्डको प्रमुख विशेषताहरुमा नेपाल, भारत र भुटानमा मान्य हुनुका साथै पिओएस र एटीएममा सजिलै प्रयोग गर्न सकिनेछ । यस्तै, क्रेडिट लिमिटको १० प्रतिशतसम्म नगद झिक्न सकिने सुविधा, कम ब्याजदर र कमिसन, खरिदमा अधिकतम ४५ दिनसम्म ब्याजमुक्त अवधिको व्यवस्था र ५ वर्षको मान्यता रहने बैंकले जनाएको छ।

आरबिबी क्रेडिट कार्डको क्रेडिट लिमिट न्यूनतम २० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म तोकिएको छ। प्रत्येक अंग्रेजी महिनाको २३ तारिखमा बिलिङ (स्टेटमेन्ट) हुने र भुक्तानीको अन्तिम म्याद त्यसको १५ दिनपछि अर्थात् पछिल्लो महिनाको ८ वा ९ तारिखसम्म तोकिएको छ।

 
शनिबार, २१ असार २०८२, १५ : ४५

प्रतिक्रिया