भारतमा सनरुफ कार बिक्रीमा हुन्डाईको नयाँ कीर्तिमान

आइतबार, २२ असार २०८२, १६ : ०५

काठमाडौं- हुन्डाई मोटर इन्डिया लिमिटेडले आफ्नो सवारी साधनहरूमा उत्कृष्ट सुविधा र प्रविधिको समावेश गरेर भारतको अटोमोबाइल बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। 

२०२४ मा कम्पनीका कुल बिक्रीमध्ये ५२ प्रतिशत कारहरू सनरुफसहितका थिए भने २०२५ मा यो संख्या बढेर ५४ प्रतिशत पुगेको छ। 

हाल हुन्डाईले आफ्ना १४ मोडलमध्ये १२ मा सनरुफको सुविधा दिइरहेको छ। कम्पनीले भारतमै प्यानोरामिक सनरुफ निर्माण गर्न सुरु गरिसकेको छ ।

भारतको अटोमोबाइल बजार तीव्र रूपमा परिवर्तन भइरहेको छ। अहिले विभिन्न कम्पनीहरूले किफायती मूल्यमा पनि सनरुफ सुविधा उपलब्ध गराउन थालेका छन् ।

 
 
आइतबार, २२ असार २०८२, १६ : ०५

प्रतिक्रिया