धितोपत्र बोर्डबाट हिमालयन बैंकले पायो एफपीओ निष्कासनको अनुमति

सोमबार, २३ असार २०८२, १० : २१

काठमाडौं- नेपाल धितोपत्र बोर्डबाट हिमालयन बैंकले एफपीओ निष्कासनको अनुमति पाएको छ। बोर्डले असार २२ गते हिमालयन बैंकलाई एफपीओ ल्याउन अनुमति दिएको हो।

बोर्डको अनुमतिसँगै अब यस बैंकले १ अर्ब ५६ करोड ३३ लाख २९ हजार २६१ रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ। 

जसअनुसार बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १५७ रुपैयाँमा एफपीओ बिक्री खुला हुनेछ।

 
सोमबार, २३ असार २०८२, १० : २१

प्रतिक्रिया