नेपाल आयो जिली ग्यालेक्सी ई–फाइभ एसयूभी, छिट्टै बिक्री सुरू गर्ने तयारी

सोमबार, २३ असार २०८२, १० : ३८

काठमाडौं- एलआरआर ग्रुपले जिलीको ग्यालेक्सी ई–फाइभ एसयूभी नेपाली बजारमा ल्याएको छ । केही समयदेखि जिलीका गाडी नेपाल आउने चर्चा भइरहेको थियो । 

हाल केही युनिट गाडी आइसकेको र छिट्टै थप गाडी आउने कम्पनीका व्यवसाय प्रमुख अनिल पोखरेलले जानकारी दिए । यसको आधिकारिक बिक्री छिट्टै नै सुरू गर्ने पोखरेलको भनाई छ । 

चिनियाँ कार निर्माता जिलीले उत्पादन गरेको ग्यालेक्सी ई–फाइभ अन्तर्राष्ट्रिय बजारमा राम्रो संख्यामा बिक्री हुँदै आएको क्रसओभर एसयूभी हो । जिली ग्यालेक्सी र प्रोटोन इमास–सेभेन एउटै गाडी हो ।

ग्यालेक्सी ई–फाइभमा जिलीकै  ‘एजिस सर्ट ब्लेड लिथियम आइरन फस्फेट ब्याट्री’ प्रयोग भएको छ । विभिन्न दुई भेरियन्टमा नेपाल आएको ई–फाइभमा ६०.२२ किलोवाट आवरको ठूलो ब्याट्री मात्रै उपलब्ध हुनेछ ।

मूल्यको हिसाबले भेरियन्ट अनुसार ५७ लाख र ६७ लाख हाराहारी हुने भए पनि ब्याट्री साइज भने एउटै हुने कम्पनीको भनाइ छ । उक्त ब्याट्रीले ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी टेस्टले प्रमाणित गरेको छ ।

यसमा एचयूडी हेडअप डिस्प्ले, १०.२ इन्चको फ्लोटिङ एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, फ्ल्याट बटम स्टेरिङ ह्वील जस्ता फिचर प्रयोग भएका छन् ।

ग्यालेक्सी ई–फाइभ ४०० भोल्ट आर्किटेक्चरमा बनेको एसयूभी हो । 

 
 
 
सोमबार, २३ असार २०८२, १० : ३८

प्रतिक्रिया