काठमाडौं- हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले चुम्लिङटारमा ‘रिल्याक्स सेन्टर’ स्थापना गरेको छ ।
दुई सटरसहित कम्पनीले १६० किलोवाटको चार्जर सञ्चालन गर्नेछ । सटरमा वर्कसप निर्माणको काम चलिरहेको र केही दिनमै सानो सर्भिस सेन्टरसहित उक्त चार्जिङ स्टेशन पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
यो चार्जिङ स्टेशन लक्ष्मी ग्रुपले हुन्डाई, बीएमडब्लू र केई ब्राण्डका विद्युतीय गाडी चार्ज गर्न र आवश्यक पर्दा सामान्य सर्भिस उपलब्ध गराउन सञ्चालन गर्न लागेको हो ।
सर्भिस सेवासहितको चार्जिङ स्टेशन निर्माण गर्ने हुन्डाई पहिलो कम्पनी बनेको छ ।
प्रतिक्रिया