टीभीएसको नयाँ स्कुटर जुपिटर ११० नेपालमा सार्वजनिक (भिडियो)

मंगलबार, २४ असार २०८२, १० : ३६

काठमाडौं- टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नयाँ स्कुटर जुपिटर ११० सार्वजनिक गरेको हो ।

सोमबार एक कार्यक्रमका बीच सार्वजनिक भएको यो स्कुटरको बिक्री पनि सुरु भएको छ । कम्पनीले यसअघि नै बुकिङ खुलाएको यस स्कुटरको मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकिएको छ ।

नयाँ जुपिटर पुरानो मोडलभन्दा निकै आकर्षक डिजाइनमा तयार भएको स्कुटर हो । निकै सिल्क डिजाइनमा रहेको जुपिटरको फ्रन्ट कनेक्टेड एलइडी डीआरएलका साथै, रियरमा टर्न इन्डिकेटरमा कनेन्टेड ब्रेक लाइट दिइएको छ ।

टीभीएसले यसमा पहिलो पटक ‘फलो मी’ एलईडी डिस्प्ले दिएको छ । जुन स्कुटर बन्द भएको केही सेकेण्डसम्म बलेर आफैं बन्द हुन्छ ।

जुपिटरमा कनेक्टेड फिचर सहितको फुल्ली डिजिटर इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध रहेको छ । यसमा भोइस असिस्ट फिचर समेत पाउन सकिन्छ । कम्पनीले यसको इन्धन भर्नका लागि फ्रन्टमा फ्युल क्याप दिएको छ । यसमा दुईवटा हाफ हेलमेट राख्न सकिने बुट स्पेस दिएको छ ।

नयाँ जुपिटरमा ११३ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, टू भल्भ इन्जिन उपलब्ध छ । यो इन्जिनले ६ हजार ५०० आरपीएममा ८ हर्ष पावर र ५ हजार आरपीएममा अधिकतम ९।२ एनएम टर्क जेनेरेट गर्छ ।

 

 
मंगलबार, २४ असार २०८२, १० : ३६

प्रतिक्रिया