काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (जेठ मसान्तसम्म) को मुलुकको अर्थतन्त्रको अवस्थाको तथ्यांकले रेमिट्यान्समा वृद्धि भएको देखिएको हो ।
अघिल्लो वर्षको तुलनामा रेमिट्यान्समा १५.५ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको समीक्षा अवधिमा ७ खर्ब ९२ अर्ब ६३ करोड रहेको थियो थियो। जेठसमम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भएर ११ अर्ब २५ करोड पुगेको छ ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१४४३ अर्ब १० करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख ०८ हजार ०६७ रहेको छ । गत वर्षको यस अवधिमा यो संख्या क्रमशः ४ लाख २१ हजार ३५६ र २ लाख ६१ लाख २१० रहेको थियो ।
प्रतिक्रिया